म्याग्दी ।
अष्टे«लियामा रहेका म्याग्देली चेलीले नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित म्याग्दी बालगृहका बालबाललिकाहरुलाई शुक्रबार ५० हजार बराबरको न्यानो कपडा वितरण गरेका छन् ।
निम्नस्तरका बालबालिका, महिलालाई सहयोग तथा सामाजिक अभियान सञ्चालन गर्ने गरी हालै स्थापना भएको उई केयर एण्ड लभ फाउण्डेशनमार्फत बालगृहमा आश्रित १३ जना बालबालिकाहरुलाई एक÷एक थानका दरले ब्लाङ्केट हस्तान्तरण गरिएको हो ।
बोतलको पुनः प्रसोधन गरी विक्रीबाट संकलन भएको आर्थिकबाट पहिलो समाजिक कार्यको शुभारम्भ गरिएको संस्थाले जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाको सहयोग हस्तान्तरण कार्यक्रमको संयोजन गरेका उपेन्द्र गिरीले रोजगार, ब्यापार तथा शिक्षाका लागि अष्टे«लियामा रहेका म्याग्देली चेलीले सामाजिक कार्यका लागि संस्थाको स्थापना गरेको जानकारी दिए ।
सोही अवसरमा बाल संगठनका सभापति शाक्यले बालगृहमा रहेका बालबालिकालाई आवश्यक पर्ने सहयोग प्राप्त भएको बताए । उनले बालगृहमा आफ्नो कार्यकालमा अल्पकालिन, मध्य र दिर्घकालिन योजना बनाएर अगाडी बढ्ने बताए । कार्यक्रमको सञ्चालन सन्दिप खत्रीले गरेका थिए ।
यसैबीच ध्भ ऋबचभ बलम यिखभ ायगलमबतष्यल ब्गकतचबष्बि को अध्यक्षमा अध्यक्ष जानु शेरचन केसी, सचिव रेश्मा श्रेष्ठ,तावि लिम्बु श्रेष्ठ, सदस्यहरूमा रिना जिसी,्रोश्री श्रेष्ठ, अन्सु सन्जोल श्रेष्ठ, सुर्वण बोगटी केसी, सिमा श्रेष्ठ, मेनुका शेरचन छन्त्याल, नम्रता श्रेष्ठ कर्मचार्य, रोश्नी श्रेष्ठ, अस्मिता बानियाँ, अजिता बानियाँ, सुनिता श्रेष्ठ, अतिजा तुलाचन, पुनम बस्नेत,कन्चन केसी,सृष्टि सुबेदी र चिना क्षेत्री रहेका छन् ।
संस्थाकी अध्यक्ष शेरचन केसीले विपन्न बालबालिका, महिलाको हितमा सहयोग तथा क्षमता लगायत समाजमा आवश्यक पर्ने क्षेत्रमा सहयोग गर्ने बताईन् । ‘खेर गएको बोतल संकलन गरी हामीले त्यसबाट गृहजिल्लामा सहयोग गर्दछौ,‘यो अभियानमा सबैको साथ र सहयोग आवश्यक पर्छ’ उनले भनिन् ।
कोरोना भाइरसको जोखिमले गर्दा बन्द भएका म्याग्दी एवं मुस्ताङका होटल तथा रेष्टुरेन्टहरु खुलेसँगै राउण्ड अन्नपुर्ण पदमार्गभित्र पर्ने नारच्याङ झरना पर्यटकको...
म्याग्दी।म्याग्दीका प्राकृतिक अस्पतालहरु करिब १ बर्षमा खुलेका छन् । छाला रोग, हाडजोर्नी, ग्याटिक, युरीकेसिड, भाचियको र्मकेको जस्ता रोग निको हुने...
म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका किसानले व्यवसायीक रुपमा पालन गरेको भेडा । यहाँका अधिकांश जनतालको मुख्य आम्दानी भनेको नै भेडा पालन...