२०७७ माघ ६
January 19, 2021, Tuesday

बेनी नगरका स्वास्थ्यकर्मी कोरोना संक्रमित खोज्दै घरदैलोमै

बेनी नगरका स्वास्थ्यकर्मी कोरोना संक्रमित खोज्दै घरदैलोमै

म्याग्दी ।
पछिल्लो समय लक्षण सहितका कोरोना संक्रमित भेटीन थालेपछी म्याग्दीको सदरमुकाम बेनीमा, बेनी नगरपालिकाले कोरोनाको अवस्था बुझन् स्वास्थ्यकर्मी सहति आइतबारदेखि घरदैलोमै पुगेर जनस्वास्थ्यका सूचकमा सपथ खुवाउने अयिभान सुरु गरेको छ ।

जनस्वास्थ्य सम्बन्धि मापदण्डको बारेमा लेखिएको ब्यानर सहित जिल्ला संकट ब्यबस्थापन केन्द्र (डिसिसिएमसी) र स्वास्थ्य कार्यालयसँगको समन्वयमा वडा नं ७ र ८ को घर–घरमा पुगेर कोरोनासँग मिल्दोजुल्दो लक्षण भए नभएको चेकजाँच, मास्क र सेनिटाइजरको प्रयोग, भौतिक दुरी कायम लगायत स्थानीयलाई कोरोना बिरुद्धको अभियानमा निरन्तर सक्रिय रहने भन्दै एकल तथा सामुहिक सपथग्रहण समेत गराएका छन् ।

पहिलो चरणमा कोरोनाको उच्च जोखिममा रहेको बेनी बजारका दुई वडाबाट सुरु गरिएको यो अभियानलाई बिस्तारै सबै वडामा लगिने बेनी नगरले जनाएको छ ।

जिल्ला बाहिर गएको ट्राभल हिष्ट्री समेत नभएकामा धमाधम कोरोना पुष्टी हुन थालेपछि संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङका बाहेकको पहुँचमा समेत स्वास्थ्यकर्मीको टोली पुग्ने नगरपालिका स्वास्थ्य संयोजक लिला गौतमले बताउनुभयो । पछिल्लो समय संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेकामा धमाधम कोरोना देखिएपछि आगामी कात्तिक २८ गतेसम्म अत्यावश्यक बाहेकका अन्य सबैखाले सेवाहरु बन्द गरेको नगरपालिकाले संक्रमणको उच्च जोखिममा रहेको बेनीबजारबाटै अभियानको सुरुवात गरेको हो ।

अभियान अन्तरगत जिल्ला संकट ब्यबस्थापन केन्द्र (सिसिएमसी) का संयोजक एवम् प्रजिअ उमाकान्त अधिकारीले शंकास्पद बिरामीलाई तत्काल स्बाब संकलन गर्ने गरी तयारी गरिएको बताउनुभयो ।

म्याग्दीमा हाल सम्म १९ सय ७४ स्वाब संकलन गरिएको ११० जनाको पोजेटिभ आएको भने बाँकीको नगेटिभ आएको छ । हाल जिल्लामा २७ जना संक्रिय संक्रमित रहेका छन् भने ५ जना संस्थागत आइसोलेसन र बाकी होम आइसोलोनमा रहेको छन् । हाल सम्म ३ जनाको कोरोनाका मृत्यु भएको छ ।

Related News

पर्यटक पर्खदैँ नारच्याङको झरना
पर्यटक पर्खदैँ नारच्याङको झरना
  • २०७७ कार्तिक २३, आईतवार १३:१८

कोरोना भाइरसको जोखिमले गर्दा बन्द भएका म्याग्दी एवं मुस्ताङका होटल तथा रेष्टुरेन्टहरु खुलेसँगै राउण्ड अन्नपुर्ण पदमार्गभित्र पर्ने नारच्याङ झरना पर्यटकको...

करिब १ बर्षपछि खुले म्याग्दीका प्राकृतिक अस्पताल
करिब १ बर्षपछि खुले म्याग्दीका प्राकृतिक अस्पताल
  • २०७७ कार्तिक २३, आईतवार १३:१८

म्याग्दी।म्याग्दीका प्राकृतिक अस्पतालहरु करिब १ बर्षमा खुलेका छन् । छाला रोग, हाडजोर्नी, ग्याटिक, युरीकेसिड, भाचियको र्मकेको जस्ता रोग निको हुने...

भेडापालनको हब भन्दै गुर्जा गाउँ
भेडापालनको हब भन्दै गुर्जा गाउँ
  • २०७७ कार्तिक २३, आईतवार १३:१८

म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका किसानले व्यवसायीक रुपमा पालन गरेको भेडा । यहाँका अधिकांश जनतालको मुख्य आम्दानी भनेको नै भेडा पालन...

TOP