२०७७ माघ ६
January 19, 2021, Tuesday

देविस्थानको ‘देउताभीर गुफा’ ओझेलमा

देविस्थानको ‘देउताभीर गुफा’ ओझेलमा

म्याग्दी, १८ कात्तिक ।
म्याग्दीको मालिका गाउँपालिका–५देविस्थानमा रहेको प्राकृतिक संग्रहालय देउदाभीर गुफा ओझेलमा परेको छ । विभिन्न आकृतिका मुर्तीहरु देखीने र पाहिने यस गुफामा पुगरे पुजा गरेपछी आफुले मागेको कुरा पुरा हुने जनविश्वास रहिआएको छ ।

यस गुफा प्रचार प्रसारको कारणले ओझेलमा परेको हो । देवीस्थानको पुछारमा छ वेसी गाउँ र मगरदाङ पनि भनिने यस गाउँको फेदीमा रहेको दाङखोला तरेर एकघण्टाको उकालो बाटो हिडेपछी पुगिने देउताभिर गुफा अहिले आझेलमा परहेको हो ।

गुफामा पुगेपछी अनौठा प्राकृतिक कलाकृतिहरू एकीकृत गरेर कुशल कारिगरले निर्माण गरेजस्तो अनौठो संग्रहालय, देउताभीर गुफा,नाम नै अनौठो छ। मन्दिरमा बस्छन् देवता र सवैका लागि पाएक पर्ने स्थानामा बनाइन्छ मन्दिर, भन्ने भनाईलाई समेत यो गुफाले तोडेको छ । गुफा भने कसैलाई पनि पाएक नपर्ने अजङको भीरको सवैभन्दा अप्ठ्यारो भागमा रहेको छ।


भिरको बिचमा रहेको यस गुफाभित्र रहेका अनौठा प्राकृतिक कलाकृतिहरूले यहाँ पुग्ने मानिसहरुलाई गज्जबसँग आकर्षित हुने गरेका छन् । गुफामा पुगेपछी भिविन्न आकृतिको सौर्दयताले आफसलाई आनन्द तुल्याएको स्थानीयले मान्दै आएको धार्मिक मान्नेतामा आफ्नो विश्वास बढेको बेनी देखी गुफामा पुगेको कमल खत्री बताए।

‘मैले स्थानीयले बनेको त सुनेको थिए, यहाँ भिविन्न भगवनहरुको आकृती देखीने ढ्ुङ्गगाहरु छन् भनेर विश्वास लागको थिएन यहाँ आएर आफैले देखे’ उनले भने, यस्तो ठाउँको प्रचार प्रसार नै हुन सकेको छैन, प्रचारप्रसार हुने हो भने यहाँ धार्मिक पर्यटकहरुले आउने उनले बताए । ‘म यहाँ पहिलो पटक आएको हुँ तर मलाई यस गुफा निकै आकर्षक लाग्यो, यहाँ नान, हात्तिको सुर्ड, गणेश भगवानको मुर्ती लगाएताका आकृती देख्न पाँए।’यहाँ आउने म मात्र होईन अरुपनी छक्क पर्न सक्छन् ।

गुफाको वाहिरपट्टि रहेका द्बारपाल (ढोके) का दुईवटा प्राकृतिक ढुंगे मूर्तिलाई पूजा गरी ढोके (द्धारपाल)लाई प्रशन्न गराएपछि गुफाभित्र प्रवेश गर्ने अनुमति पाइने यस अनुमति लिई पाँच पाइला अघि बढ्यो भने देउताको वासस्थान जस्तै लाग्ने अनौठो चट्टान भएको ठाउँमा पुगिन्छ। त्यहाँ भगवान गणेशको प्राकृतिक ढुंगे मूर्ति रहेको छ। मूर्तिको वरिपरि काला र पुराना चट्टान छन्।

तर, गणेशको मूर्ति, हात्तीको सुँड र शेषनागको मूर्ति असाध्यै सेतो र हिरा जस्तै चम्किलो चट्टानमा कुँदिएर प्रत्येक १४ सेकेण्डमा पहेलों वर्णमा परिवर्तन हुने गरेको छ। त्यसका साथै यहाँ पूजा गर्ने समयमा बत्ति वाल्नका लागि प्रयोग गरिने पाला(दियो) पनि प्राकृतिक रुपमा नै बनेका छन्। स्थानीयले यस गुफालाई ठूलो देउताको रुपमा मान्ने गरेका छन् ।

यहाँ पुजा गर्न अघिल्लो दिन घाम छदा नै चोखो भएर उपास बसेर गए मात्र गुफा भित्र छिर्न पाहिने पुजारीको कर्ण बहादुर घर्तिले बताए । ‘यहाँ यसरी पुजा गरेपछी सन्तान नभएकाहरुलाई सन्तान हुने विश्वासमा गाउँका सयौँ मान्छे आउछन्’ घर्तीले भने, यहाँ बिशेष गरेर जेठको पूर्णिमा, जनै लगाने पूर्णिमा पुजा हुने गरेको छ । यस गुफा हजारौं वर्ष पहिला प्राकृतिक रुपमा नै बनेको गुफा हुनसक्छ म सानो हुने बेलामा बाबाहजुर बाबाहरुले यहाँ सन्तान नहुनेहरुलाई सन्तान बर मागेछी सन्तान हुन्छन् भन्थे पुजारीले भने, अहिले पनी यहाँ आउने अधिकाश सन्तान नहुने नै आउने गरेका छन् ।


प्राकृतिक रुपमा रहेका यस्ता अनौठा र पर्यटकीय सम्भावना बोकेका स्थानहरुको बारेमा स्थानीय सरकार पनि सचेत छ। मालिका गाउँपालिकाले यस गुफाको प्रचार प्रसार र पूर्वाधार विकासका लागि विशेष पहल गरेको र यसलाई गाउँपालिकको प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना बनाएको वडा अध्यक्ष पिपला बुढामगरले बताईन । ‘हामीले यसलाई प्रचार प्रसार गर्न नसकेकाले भने जस्तो पर्यटकहरुलाई गुफामा पु¥याउन सकेका छैनौँ ।’ उनले भनिन् । यसलाई हामीलाई प्रचारप्रसार गरेर वडाको र गाउँपालिकाको मुख्य पर्यटकीय स्थलको रुपमा विकास गछौँ ।

Related News

पर्यटक पर्खदैँ नारच्याङको झरना
पर्यटक पर्खदैँ नारच्याङको झरना
  • २०७७ कार्तिक १८, मंगलवार ०७:००

कोरोना भाइरसको जोखिमले गर्दा बन्द भएका म्याग्दी एवं मुस्ताङका होटल तथा रेष्टुरेन्टहरु खुलेसँगै राउण्ड अन्नपुर्ण पदमार्गभित्र पर्ने नारच्याङ झरना पर्यटकको...

करिब १ बर्षपछि खुले म्याग्दीका प्राकृतिक अस्पताल
करिब १ बर्षपछि खुले म्याग्दीका प्राकृतिक अस्पताल
  • २०७७ कार्तिक १८, मंगलवार ०७:००

म्याग्दी।म्याग्दीका प्राकृतिक अस्पतालहरु करिब १ बर्षमा खुलेका छन् । छाला रोग, हाडजोर्नी, ग्याटिक, युरीकेसिड, भाचियको र्मकेको जस्ता रोग निको हुने...

भेडापालनको हब भन्दै गुर्जा गाउँ
भेडापालनको हब भन्दै गुर्जा गाउँ
  • २०७७ कार्तिक १८, मंगलवार ०७:००

म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका किसानले व्यवसायीक रुपमा पालन गरेको भेडा । यहाँका अधिकांश जनतालको मुख्य आम्दानी भनेको नै भेडा पालन...

TOP