२०७७ माघ ६
January 19, 2021, Tuesday

आईपीएल क्रिकेटमा कोलकाता र चेन्नईको सहज जित

आईपीएल क्रिकेटमा कोलकाता र चेन्नईको सहज जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा हिजो कोलकाता नाइट राईडर्स र चेन्नई सुपर किङ्स विजयी भएका छन् ।

युएईको दुबईमा भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ६० रनले हरायो । खेलमा पहिले व्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनायो ।

उसका लागि इओन मोर्गानले अविजित ६८ रनको पारी खेले । जवाफमा १ सय ९२ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रन मात्रै बनाउन सफल भयो ।

राजस्थानलाई सस्तैमा समेट्न कोलकातामा प्याट कुमिन्सले ४ विकेट लिए । जितसँगै कोलकाताले प्ले अफ्मा पुग्ने सम्भावना जिवित राखेको छ ।

हिजै भएको अर्को खेलमा चेन्नाई सुपर किङ्सले किङ्स इलेभेन पन्जाबलाई ९ विकेटले हराएको छ ।

पन्जाबले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभर ५ बलमा १ विकेटको क्षतिमा विजय लक्ष्य पार गर्‍यो ।

चेन्नईसँगको हारसँगै पन्जाब प्ले-अफको होडबाट बाहिरिएको छ । एजेन्सी

Related News

पर्यटक पर्खदैँ नारच्याङको झरना
पर्यटक पर्खदैँ नारच्याङको झरना
  • २०७७ कार्तिक १७, सोमबार ०७:२४

कोरोना भाइरसको जोखिमले गर्दा बन्द भएका म्याग्दी एवं मुस्ताङका होटल तथा रेष्टुरेन्टहरु खुलेसँगै राउण्ड अन्नपुर्ण पदमार्गभित्र पर्ने नारच्याङ झरना पर्यटकको...

करिब १ बर्षपछि खुले म्याग्दीका प्राकृतिक अस्पताल
करिब १ बर्षपछि खुले म्याग्दीका प्राकृतिक अस्पताल
  • २०७७ कार्तिक १७, सोमबार ०७:२४

म्याग्दी।म्याग्दीका प्राकृतिक अस्पतालहरु करिब १ बर्षमा खुलेका छन् । छाला रोग, हाडजोर्नी, ग्याटिक, युरीकेसिड, भाचियको र्मकेको जस्ता रोग निको हुने...

भेडापालनको हब भन्दै गुर्जा गाउँ
भेडापालनको हब भन्दै गुर्जा गाउँ
  • २०७७ कार्तिक १७, सोमबार ०७:२४

म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका किसानले व्यवसायीक रुपमा पालन गरेको भेडा । यहाँका अधिकांश जनतालको मुख्य आम्दानी भनेको नै भेडा पालन...

TOP