२०७७ माघ ६
January 19, 2021, Tuesday

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । आज बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत गरेको हो ।

मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले अविश्वासको प्रस्तावमा शून्य र विपक्षमा १८ मत परेकाले अविश्वासको प्रस्ताव अस्वीकृत भएको बताउनुभयो । यसअघि नेकपाकै नेता यामलाल कँडेलसहितका प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

नेकपाका ३३ प्रदेश सांसदमध्ये १८ सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए, जसमा पूर्वमाओवादी खेमाका ३ र माधव नेपाल पक्षमा ७ सांसदको समेत हस्ताक्षर थियो

कँडेलको नेतृत्वमा अविश्वासको प्रस्ताव संसदीय दलमा आउनासाथ मुख्यमन्त्री शाहीले ओली पक्षका प्रमुख सचेतक गुलाबजंग शाहलाई संसदीय दलको नेताबाट हटाएर सचेतक सीता नेपालीलाई प्रमुख सचेतक बनाएका थिए ।

Related News

पर्यटक पर्खदैँ नारच्याङको झरना
पर्यटक पर्खदैँ नारच्याङको झरना
  • २०७७ कार्तिक ७, शुक्रबार १४:१८

कोरोना भाइरसको जोखिमले गर्दा बन्द भएका म्याग्दी एवं मुस्ताङका होटल तथा रेष्टुरेन्टहरु खुलेसँगै राउण्ड अन्नपुर्ण पदमार्गभित्र पर्ने नारच्याङ झरना पर्यटकको...

करिब १ बर्षपछि खुले म्याग्दीका प्राकृतिक अस्पताल
करिब १ बर्षपछि खुले म्याग्दीका प्राकृतिक अस्पताल
  • २०७७ कार्तिक ७, शुक्रबार १४:१८

म्याग्दी।म्याग्दीका प्राकृतिक अस्पतालहरु करिब १ बर्षमा खुलेका छन् । छाला रोग, हाडजोर्नी, ग्याटिक, युरीकेसिड, भाचियको र्मकेको जस्ता रोग निको हुने...

भेडापालनको हब भन्दै गुर्जा गाउँ
भेडापालनको हब भन्दै गुर्जा गाउँ
  • २०७७ कार्तिक ७, शुक्रबार १४:१८

म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका किसानले व्यवसायीक रुपमा पालन गरेको भेडा । यहाँका अधिकांश जनतालको मुख्य आम्दानी भनेको नै भेडा पालन...

TOP