२०७७ माघ ६
January 19, 2021, Tuesday

मायालुको बजारमा कोरोनाको नजर लागेपछि…

मायालुको बजारमा कोरोनाको नजर लागेपछि…

म्याग्दी, १४ भदौ ।

बेनीको बजार, जता माया उतै छ नजर

किरेमिरे जाले रुमाल… चर्चित यो गीतमा भनिए झैं जता नजर लगाएपनि सुन्दर देखिने बेनीबजार यतिखेर आन्तरिक तथा बाह्य पर्यटकहरूको अभावमा सुनसान बनेको छ।

विश्वव्यापी महामारीको रुप लिएको कोभिड १९ को संक्रमण नियन्त्रण गर्न गत चैतदेखि लकडाउन गरिएसँगै बेनीबजारमा मानवीय चहलपहल निकै कम भएको छ। यहाँ यतिखेर न पर्यटक देखिन्छन्, न त बेनीबासीले नै ढुक्क भएर साविकमा झैं दैनन्दिन चलाउन सकिरहेका छन्‌।

प्राकृतिक सुन्दरता हेर्दा बेनीले पर्यटकहरूलाई साँच्चै सम्मोहित पार्छ। ऐतिहासिक द‌ृष्ट्रिले समेत यो क्षेत्र निकै महत्वपूर्ण छ। नेपाल एकीकरणका क्रममा गोर्खा राज्यले कब्जा गर्ने बेलासम्म बेनीमा बस्ती थिएन। वि.सं. १८४३ सालपछि मात्र बस्ती बस्न थालेको बेनी बजार तत्कालिन समयमा भोट-तिब्बत-मधेशको प्रमुख व्यापारिक नाकासमेत थियो।

त्यो नाकामा पछि हाट बजार हुँदै अहिलेको बेनी बजार विस्तार भएको हो। बेनी क्षेत्रको प्राकृतिक स्वरूप अत्यन्त सुन्दर छ। पर्यटकीय जिल्लाको पहिचान बनाएको म्याग्दीको प्रवेशद्वार नै बेनी बजार हो। कोरोना महामारीअघि यहाँ दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल हुने गर्थ्यो।

पुनहिल, घोडेपानी, रुप्से झरना, अन्ध गल्छी, गलेश्वर, धौलागिरि हिमालजस्ता विश्वप्रसिद्ध पर्यटकीय स्थलहरू रहेको म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार अहिले पर्यटक विहीन हुँदा नरमाइलो लाग्न थालेको म्याग्दीका पत्रकार प्रताप बनियाँले बताए। कोरोना त्रासका कारण पर्यटकहरू आउन सक्ने वातावरण नभएपछि अहिले म्याग्दीका पर्यटकीय स्थानहरू सुनसान छन्। बेनी बजारमा मायालुहरूको जोडी देखिन छोडेको छ। व्यापार व्यवसाय ठप्प छ। पर्यटकीय स्थलहरू पर्यटकको प्रतिक्षामा छन्।

Related News

पर्यटक पर्खदैँ नारच्याङको झरना
पर्यटक पर्खदैँ नारच्याङको झरना
  • २०७७ भाद्र १४, आईतवार १०:३२

कोरोना भाइरसको जोखिमले गर्दा बन्द भएका म्याग्दी एवं मुस्ताङका होटल तथा रेष्टुरेन्टहरु खुलेसँगै राउण्ड अन्नपुर्ण पदमार्गभित्र पर्ने नारच्याङ झरना पर्यटकको...

करिब १ बर्षपछि खुले म्याग्दीका प्राकृतिक अस्पताल
करिब १ बर्षपछि खुले म्याग्दीका प्राकृतिक अस्पताल
  • २०७७ भाद्र १४, आईतवार १०:३२

म्याग्दी।म्याग्दीका प्राकृतिक अस्पतालहरु करिब १ बर्षमा खुलेका छन् । छाला रोग, हाडजोर्नी, ग्याटिक, युरीकेसिड, भाचियको र्मकेको जस्ता रोग निको हुने...

भेडापालनको हब भन्दै गुर्जा गाउँ
भेडापालनको हब भन्दै गुर्जा गाउँ
  • २०७७ भाद्र १४, आईतवार १०:३२

म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका किसानले व्यवसायीक रुपमा पालन गरेको भेडा । यहाँका अधिकांश जनतालको मुख्य आम्दानी भनेको नै भेडा पालन...

TOP