२०७७ माघ ६
January 19, 2021, Tuesday

हामीले बैंकमा आउनुहुने ग्राहक महानुभावहरुलाई वहाँहरूले चाहेको कर्जा सुविधा दिन कुनै कसुर छाड्ने छैनौं

हामीले बैंकमा आउनुहुने ग्राहक महानुभावहरुलाई वहाँहरूले चाहेको कर्जा सुविधा दिन कुनै कसुर छाड्ने छैनौं

एन आई सी एशिया बैंक गण्डकी प्रदेश प्रमुख दिपेन्द्र शर्मा
अन्तरवार्ता | 
हामीले बैंकमा आउनुहुने ग्राहक महानुभावहरुलाई वहाँहरूले चाहेको कर्जा सुविधा दिन कुनै कसुर छाड्ने छैनौं
                   गतिशिल बैंकिङ्गको अभ्यास गर्दै मुलुकभर सर्वाधिक धेरै शाखा सञ्जाल पु¥याएको एन आई सी एशिया बैंकले गण्डकी प्रदेश मा ३१ शाखा कार्यालयहरू, ४५ एटिएम, १० एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखा रहित बैंकिङ्गमार्फत बैंकिङ्घ सेवा दिईरहेको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मुल मन्त्रका साथ अघि बढिरहेको यस बैंकले यस्तो परिस्थितिमा सार्वजनिक गरेको सुपर चमत्कारिक कर्जा योजनाको बारेमा बैंकका गण्डकी प्रदेश प्रमुख दिपेन्द्र शर्मा सँग गरिएको कुराकानी को सम्पादित अंश ।

बैंकले हालै सार्वजनिक गरेको कर्जा सम्बन्धी नयाँ योजनाका प्रमुख विषेशताहरू के के छन् ?

बैंकले समय अनुरुप ग्राहकमैत्री योजना ल्याउने क्रममा अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण तीन वटा सुपर चमत्कारिक कर्जा योजनाहरु ल्याएको छ । जसमा सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जाहरु रहेका छन् । अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण यी नयाँ कर्जा योजनाहरू नेपालकै बैंकिङ्ग क्षेत्रमा सर्वाधिक न्यून ब्याजदर ८.२५ प्रतिशत तथा प्रशासनिक शुल्क ०.२५ प्रतिशतमा उपलब्ध छन् । यस बाहेक कर्जा प्रवाह भएको एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने र दोस्रो वर्ष पश्चात् बैंकको आधार दरमा प्रिमियम थप्दा हुन आउने ब्याजदर ८.२५ प्रतिशतसम्म भए सोही कायम रहने अन्यथा आधार दरमा नै कर्जाको ब्याजदर कायम हुने, ४८ घण्टाभित्रै कर्जाको निर्णय दिने, कर्जाको पूर्वस्वीकृति गर्न सकिने, घर कर्जाको हकमा वार्षिक रुपमा आफ्नो किस्ता आफै निर्धारण गर्न सकिने लगायतका सुविधाहरु सुपर चमत्कारिक कर्जामा रहेका छन् ।

आई सी एशिया बैंकले अन्य बैंक तथा वित्तीय संस्थाले भन्दा कसरी ग्राहकहरूलाई आकर्षित गर्न सक्ला ?

हामीले हाम्रो बैंकमा आउनुहुने ग्राहक महानुभावहरुलाई वहाँहरूले चाहेको कर्जा सुविधा दिन कुनै कसुर छाड्ने छैनौं । सम्पूर्ण कर्जाहरूमा रहेको सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्क एवं द्रुत गतिमा कर्जा प्रवाह गर्ने, कर्जा लिएको एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने, कर्जाको पूर्वस्वीकृति जस्ता सुविधाले ग्राहक महानुभावलाई आकर्षित गर्न हामी लागि परेका छौं । त्यसबाहेक सुपर चमत्कारिक घर कर्जामा किस्ता आफै निर्धारण गर्न सकिने सुविधा Flexible EMI र ५ वर्षको Moratorium अवधिले ग्राहक महानुभावहरूलाई थप आकर्षित गर्ने हाम्रो पूर्ण विश्वास छ । यसका लागि नेपालका अन्य बैंक तथा वित्तीय संस्थामार्फत कर्जा उपभोग गरिरहनुभएका महानुभावहरूले हामीले ल्याएको योजनामा आफ्नो कर्जा सजिलै स्थानान्तरण SWAP गर्न सक्नुहुनेछ ।

Flexible EMIर ५ वर्षको Moratorium अवधि भन्नाले ग्राहकले के बुझ्ने ?

ग्राहक महानुभावहरुले आफ्नो वर्तमान वित्तीय क्षमता तथा भविष्यमा आफुलाई उपलब्ध हुने आयस्रोतको आधारमा वार्षिक रुपमा आफ्नो मासिक किस्ता रकम आफै निर्धारण गर्न सक्ने गरी उपलब्ध गराएको सुविधा Flexible EMI हो । यस अन्तर्गत ग्राहक महानुभावहरूले एक वर्षको लागि मासिक किस्ता निर्धारण गर्न सक्नुहुन्छ र सो एक वर्षको अवधिपश्चात् पुनः आफ्नो वित्तीय क्षमता भष्यिमा आउने आयस्रोतको आधारमा मासिक किस्ता निर्धारण गर्न सक्नुहुन्छ । Moratorium अवधि भनेको घर निर्माण हुँदै गरेको अवस्थामा नगद प्रवाह व्यवस्थापन गर्नका लागि ग्राहक महानुभावले कर्जाको साँवाको किस्ता तिर्न नपर्ने अवस्था हो । बैंकले अधिकतम ५ वर्षको निमित्त Moratorium अवधिको व्यवस्था गर्नेछ र यस अवधिबीच ग्राहक महानुभावले बैंकलाई केबल कर्जाको ब्याजमात्र तिर्दा हुन्छ ।

घर कर्जा अन्य कुन कुन सुविधाहरु ग्राहकहरूले पाउने व्यवस्था बैंकले गरेको छ ?

न्यूनतम ५ वर्ष देखि अधिकतम ३० वर्ष Moratorium period वर्ष समेत गरी घर कर्जाको समयावधि कायम गरिएको छ भने अधिकतम रू.१ करोड ५० लाखसम्म कर्जा सीमा कायम गरिएको छ । जस अन्तर्गत अधिकतम रू.५० लाखसम्मको ओभरड्राफ्ट सुविधा समेत लिन सकिने व्यवस्था गरिएको छ । कर्जा पूर्ण रुपमा भुक्तानी तथा आशिंक चुक्ता गर्दा बैंकले कुनै किसिमको prepayment शुल्क लिने छैन । यस बाहेक पूर्व कर्जा स्वीकृत गराएर घर जग्गा खरिद तथा निर्माण सुरु गर्न सकिने तथा पहिलो पटक घर खरिद वा निर्माण गर्दा धितोको बजारमूल्यको ७० प्रतिशतसम्मको कर्जा सुविधा बैंकले दिने व्यवस्था छ ।

यसबाहेक सवारी कर्जामा ग्राहकलाई आकर्षित गर्नका निम्ति के के योजनाहरू समावेश छन् ?

सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी र विद्युतीय सवारीको लागि ग्राहक महानुभावहरुले कर्जा प्राप्त गर्न सक्नु हुनेछ । अन्य बैंकमार्फत सवारी कर्जा उपभोग गरिरहनुभएका महानुभावहरुले यस बैंकको सुपर चमत्कारिक सवारी कर्जा अन्तर्गत आफ्नो कर्जा स्थानान्तरण (SWAP) गर्न समेत सक्नुहुनेछ । यस योजनाअन्तर्गत अधिकतम रू. २ करोड कर्जा सीमा कायम गरिएको छ । सवारी धितो राखेको हकमा कर्जा अवधि अधिकतम १० वर्षसम्म र सवारी तथा रियलइस्टेट दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ ।

सुपर चमत्कारिक सवारी कर्जा के कति कारणले ग्राहकको पहिलो रोजाइ हुने अपेक्षा गर्नुभएको छ ?

मैले माथी नै उल्लेख गरे जस्तै सुपर चमत्कारिक कर्जाहरुमा सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्क रहेकोले यसले ग्राहकहरुलाई आफ्नो वित्तीय भार कम गर्न निकै सहयोग पुयाउनेछ ।                                 

Related News

पर्यटक पर्खदैँ नारच्याङको झरना
पर्यटक पर्खदैँ नारच्याङको झरना
  • २०७७ श्रावण ११, आईतवार १२:१०

कोरोना भाइरसको जोखिमले गर्दा बन्द भएका म्याग्दी एवं मुस्ताङका होटल तथा रेष्टुरेन्टहरु खुलेसँगै राउण्ड अन्नपुर्ण पदमार्गभित्र पर्ने नारच्याङ झरना पर्यटकको...

करिब १ बर्षपछि खुले म्याग्दीका प्राकृतिक अस्पताल
करिब १ बर्षपछि खुले म्याग्दीका प्राकृतिक अस्पताल
  • २०७७ श्रावण ११, आईतवार १२:१०

म्याग्दी।म्याग्दीका प्राकृतिक अस्पतालहरु करिब १ बर्षमा खुलेका छन् । छाला रोग, हाडजोर्नी, ग्याटिक, युरीकेसिड, भाचियको र्मकेको जस्ता रोग निको हुने...

भेडापालनको हब भन्दै गुर्जा गाउँ
भेडापालनको हब भन्दै गुर्जा गाउँ
  • २०७७ श्रावण ११, आईतवार १२:१०

म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका किसानले व्यवसायीक रुपमा पालन गरेको भेडा । यहाँका अधिकांश जनतालको मुख्य आम्दानी भनेको नै भेडा पालन...

TOP